छ महिनामा १५ अर्ब रुपैयाँको स्मार्टफोन आयात

  • Technology Khabar | ७ माघ २०८०, आईतवार

काठमाडौं ।

नेपालमा स्मार्टफोनको आयात भएको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात बढेको देखिएको हो। चालु आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म १५ अर्ब ५ करोड २७ लाख ९३ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको १० लाख १५ हजार २८६ यूनिट स्मार्टफोन आयात भएको हो।

गत आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म १३ अर्ब ९८ लाख ८८ हजार रुपैयाँ बराबरको ८ लाख ९५ हजार ५७९ यूनिट स्मार्टफोन आयात भएको थियो।

गत अवको सोही अवधिको तुलनामा चालु आवमा स्मार्टफोनको आयात २ अर्ब ४ करोड २९ लाख ५ हजार रुपैयाँ अर्थात १५.७ प्रतिशतले बढेको छ।

साथै सोही अवधिमा संख्याको आधारमा स्मार्टफोन १ लाख १९ हजार ७०७ यूनिटले बढेको छ।

चालु आवमा सरकारले स्मार्टफोनको आयातबाट २ अर्ब ८० करोड १५ लाख २९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
नेपालमा ५३ मुलुकबाट स्मार्टफोन आउने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। ६ महिनाको अवधिमा चीनबाट १० अर्ब ४६ करोड ४ लाख ६९ हजार रुपैयाँ बराबरको ७ लाख ४१ हजार ८४४ यूनिट स्मार्टफोन आयात भएको छ।

भारतबाट ४ अर्ब ३४ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको २ लाख ७० हजार ५०४ यूनिट स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

बाँकी ५१ मुलुकबाट २५ करोड १० लाख ७४ हजार रुपैयाँ बराबरको २ हजार ९३८ यूनिट स्मार्टफोन आयात भएको छ।

प्रकाशित: ७ माघ २०८०, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार