
काठमाडौं ।
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्।
हालै अदालतबाट बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै फोटो सार्वजनिक गरेको आरोपमा संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राई पक्राउ परेका छन्।
राईलाई प्रहरीको साइबर ब्यूरोले संखुवासभाबाट बुधबार पक्राउ गरी काठमाडौं ल्याएको हो।
सामाजिक सञ्जाल फेसबुक र युट्युबमा नाम, ठेगाना र तस्वीर सार्वजनिक गरी दुःख हैरानी तथा मानसिक आघात पुरयाएको भन्दै पीडितले केही दिन अघि साइबर व्यूरोबाट उजुरी दिएकी थिइन्।
उक्त उजुरीको आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि राईलाई पक्राउ गरेको हो।
राईविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: ३ माघ २०८०, बुधबार