सामसङ ग्यालेक्सी एस२४ सिरिज लन्च हुँदै, यस्ता छन् फिचर्स

Technology Khabar ३ माघ २०८०, बुधबार

काठमाडौं ।

सामसङको बहुप्रतिक्षित ग्यालेक्सी एस२४ सिरिज लन्च हुँदैछ। सामसङले जनवरी १७ मा सान जोस, क्यालिफोर्निय अमेरिकामा ग्यालेक्सी अनप्याण्ड २०२४ आयोजना गर्दैछ।

उक्त कार्यक्रम मार्फत कोरियाली टेक जायन्टले ग्यालेक्सी एस सिरिज अन्तर्गत एस२४ अल्ट्रा, एस२४ प्लस, एस २४ सार्वजनिक गर्नेछ।

सामसङले पहिले नै एआई पावर्ड फिचर्स जस्तै एआई लाइभ ट्रान्सलेट एस२४ सिरिजमा उपलब्ध हुने पुष्टि गरिसकेको छ। यस फिचर्सले फोन कलको समयमा वास्तविक समयमा अडियो र टेक्स्ट ट्रान्सलेसन (अनुवाद) प्रदान गर्दछ।

विश्वव्यापी लन्च कार्यक्रम नेपाली समय अनुसार बुधबार राती ११ः ४५ बजेदेखि सुरु हुनेछ। सामसङको वेबसाइट र आधिकारिक यूट्यूब च्यानलमा लाईभस्ट्रिमिङ हुनेछ।

एस२४ सिरिजका लाइनअपमा यस्ता फिचर्स समावेश हुने सम्भावना छ।

ग्यालेक्सी एस२४ अल्ट्रा

ग्यालेक्सी एस२४ अल्ट्रामा रहेको ६.८ इन्च क्यूएचडी प्लस डाइनामिक एएमओएलईडी डिस्प्लेले १२० हर्ज रिफ्रेस रेट सपोर्ट गर्छ। यसमा यसमा क्वालकमको स्न्यापड्रागन ८ जेन ३ चिप सेट छ। फोन अधिकतम १२ जीबी र्याम र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ। २०० मेगापिक्सेलको मुख्य क्यामरा रहने ग्यालेक्सी एस२४ अल्ट्रामा टेलिफोटो सहित १० एक्स डिजिटल जुमका साथै ८ के भिडियो रेकर्डिङ सपोर्ट छ। फोन ५ हजार एमएएचको ब्याट्रीमा उपलब्ध हुनेछ।

ग्यालेक्सी एस२४

ग्यालेक्सी एस२४ रहेको ६.२ इन्च फूलएचडी प्लस डाइनामिक एएमओएलईडी डिस्प्लेले १२० हर्ज रिफ्रेस रेट सपोर्ट गर्छ। यसमा यसमा क्वालकमको स्न्यापड्रागन ८ जेन ३ चिप सेट छ। फोन अधिकतम ८ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ। ५० मेगापिक्सेलको मुख्य क्यामरा रहने ग्यालेक्सी एस२४ अल्ट्रामा टेलिफोटो सहित ३ एक्स डिजिटल जुमका साथै ८ के भिडियो रेकर्डिङ सपोर्ट छ। फोन ४ हजार एमएएचको ब्याट्रीमा उपलब्ध हुनेछ।

ग्यालेक्सी एस२४ प्लस

ग्यालेक्सी एस२४ प्लसमा रहेको ६.७ इन्च क्यूएचडी प्लस डाइनामिक एएमओएलईडी डिस्प्लेले १२० हर्ज रिफ्रेस रेट सपोर्ट गर्छ। यसमा यसमा क्वालकमको स्न्यापड्रागन ८ जेन ३ चिप सेट छ। फोन अधिकतम ८ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ। ५० मेगापिक्सेलको मुख्य क्यामरा रहने ग्यालेक्सी एस२४ अल्ट्रामा टेलिफोटो सहित ३ एक्स डिजिटल जुमका साथै ८ के भिडियो रेकर्डिङ सपोर्ट छ। फोन ४ हजार ९०० एमएएचको ब्याट्रीमा उपलब्ध हुनेछ।

प्रकाशित: ३ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया