
CLOSE

काठमाडौं ।
मलेशियाको फाइभजी कभरेज ३१ डिसेम्बर २०२३ मा जनसंख्या भएको क्षेत्रको ८०.२ प्रतिशत भुभागमा पुगेको छ।
मलेशियाली सञ्चार मन्त्री फाहमी फडजिललाई उद्धृत गर्दै बर्नामाले रिपोर्ट गरेअनुसार, यसले देशको लक्ष्य ८० प्रतिशतलाई पार गर्यो।
फडजिलकाअनुसार सरकारले चाँडै डुअल ५जी नेटवर्क मोडेलमा प्रस्तावित शिफ्टको घोषणा गर्ने योजना बनाएको छ।
प्रकाशित: २ माघ २०८०, मंगलवार