मंसिरमा क्यूआर मार्फत ३८ अर्बको भुक्तानी

Technology Khabar २ माघ २०८०, मंगलवार

काठमाडौं ।

नेपालमा क्यूआर कोड मार्फत हुने भुक्तानी बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० मंसिरको मासिक भुक्तानी प्रणाली सूचकमा वालेट मार्फत ३८ अर्ब ६ करोड रुपैयाँ भुक्तानी भएको छ।

चालु वर्षको कार्तिकमा क्यूआर मार्फत ३२ अर्ब १ करोड ७० लाख रुपैयाँ भुक्तानी भएको थियो। कार्तिकको तुलनामा मंसिरमा क्यूआर मार्फत हुने भुक्तानी ६० करोड ४३ लाख रुपैयाँ अर्थात १८.८७ प्रतिशतले बढेको छ।

मंसिरमा क्यूआर मार्फत १ करोड १२ लाख ५२ हजार ३९४ पटक भुक्तानी भएको छ। कार्तिकमा ८७ लाख २९ हजार ९३९ पटक भुक्तानी भएको थियो।

नेपाल राष्ट्र बैंकले नै डिजिटल भूक्तानीलाई प्रवर्धन गरेसँग यसको विकास पनि बढ्दो छ। अहिले तरकारी पसल, चिया पसल, सपिङ मल लगायत कारोबार हुने अधिकतम स्थानमा क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिन्छ। बैंक तथा वित्तीय संस्थाहरुले पनि ती स्थानमा क्यूआर कोड मार्फत भुक्तानी गर्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएका छन्। साथै नगद बोकेर हिड्नु भन्दा पनि मोबाइलबाटै सहज रुपमा भुक्तानी गर्न सकिने भएकाले पनि क्यूआर कोडको प्रयोग बढ्दो क्रममा देखिन्छ।

मोबाइल बैंकिङ र वालेटको प्रयोग गरेर क्यूआर मार्फत सहजै भुक्तानी गर्न सकिने भएकाले पनि यसको प्रयोग बढ्दो क्रममा छ।

प्रकाशित: २ माघ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया