सूचना प्रविधिको बृहत् सम्मेलन ‘वर्डक्याम्प नेपाल’ पोखरामा

  • Technology Khabar | २८ पुष २०८०, शनिबार
सूचना प्रविधिको बृहत् सम्मेलन ‘वर्डक्याम्प नेपाल’ पोखरामा
फाइल तस्विर

काठमाडौं ।

पोखरामा शुक्रबारदेखि ‘वर्डक्याम्प नेपाल’को छैटौँ संस्करण सुरु भएको छ। वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना गर्दै आइरहेको छ।

पछिल्लोपटक सन् २०२२ मा भरतपुरमा सफलतापूर्ण सम्पन्न भएको यस सम्मेलन यसपटक पोखरामा गरिएको हो।

वर्डक्याम्पमा पोखराभन्दा बाहिरका चार सय स्वदेशी, बङ्गलादेश, भारत, अमेरिका, मलेसिया, युरोपियन मुलुकबाट दुई सय गरी झण्डै एक हजार सहभागी रहेको वर्डक्याम्प नेपाल २०२४ का स्थानीय संयोजक निशाल गुरुङले बताए। सम्मेलनको पहिलो दिन वर्डप्रेसलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्नेबारे जानकारी एवं दोस्रो दिन मुख्य सम्मेलन सम्पन्न हुने उनले जानकारी दिए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूले वर्डप्रेस साथै सूचना प्रविधिसम्बन्धी विभिन्न विषयमा रहेर जानकारी तथा प्रशिक्षण दिने जनाइएको छ ।

सम्मेलन उद्घाटन गर्दै गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात् गर्दै अघि बढ्नु अहिलेको आवश्यकता भएको बताए। रासस

प्रकाशित: २८ पुष २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार