दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले गरे पदभार ग्रहण

  • Technology Khabar | २६ पुष २०८०, बिहीबार
दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले गरे पदभार ग्रहण

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले आज पदभार ग्रहण गरेका छन्।

प्राधिकरणका बजार व्यवस्थापन विज्ञको रुपमा बोर्ड सदस्य रहेका अधिकारीलाई २०८० पुस २४ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त पदमा दूरसञ्चार नियमावलीको नियम ३ ‘क’ बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरेको थियो।

यसअघि अध्यक्ष पुरुषोत्तम खनालले २४ गते मंगलबार बिहानै पदबाट राजीनामा दिएका थिए।

कार्यवाहक अध्यक्ष अधिकारीले प्राधिकरणमा नयाँ कार्यकारी अध्यक्ष नियुक्त नहुन्जेलसम्मका लागि काम गर्नेछन्।

“उनलाई मन्त्रालयले आज कार्यवाहक अध्यक्षको जिम्मेबारीको पत्र दिएको छ। र बेलुका प्राधिकरणमा पदभार ग्रहण गरेका छन्,” मन्त्रालय स्रोतले भन्यो।

सरकारले प्राधिकरणको रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न संचार सचिवको संयोजकत्वमा समिति समेत गठन गर्ने निर्णय गरेको थियो। उक्त समितिले छिटै सूचना प्रकाशित गर्ने बताईएको छ।

प्रकाशित: २६ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार