
काठमाडौं ।
आज बिहानदेखि अवरुद्ध भएका फोनपेका सबै सेवाहरु संचालनमा आएका छन्।
एक सूचना जारी गर्दै फोनपेले बिहान ५:०६ बजेदेखि प्राविधिक कारणले आफ्ना सबै सेवा अवरुद्ध हुन गएको जानकारी दिएको थियो भने केहि समयअघि सेवा पुन: शुरु भएको बताएको छ।
बिहानैदेखि फोनपेको पेमेन्ट सिस्टममा समस्या हुँदा सेवाग्राहीहरू मर्कामा परेका थिए।
तर के कारणले सेवा बन्द भयो र समस्या आयो भनेर कम्पनीले बताएको छैन्।
प्रकाशित: २५ पुष २०८०, बुधबार