भारतीय सरकारी टेलिकम बीएसएनएलले अर्को वर्ष फाइभजी सेवा सुरु गर्ने

  • Technology Khabar | २५ पुष २०८०, बुधबार
भारतीय सरकारी टेलिकम बीएसएनएलले अर्को वर्ष फाइभजी सेवा सुरु गर्ने

काठमाडौं ।

भारतीय सरकारी टेलिकम भारत संचार निगम लिमिटेड (बीएसएनएल) ले सन् २०२५ मा ५जी सेवा सुरु गर्ने तयारी गरिरहेको छ। यसका साथै कम्पनीले यो वर्ष २० प्रतिशत बजार हिस्सा हासिल गर्ने लक्ष्य राखेको छ। गत वर्ष कम्पनीको बजार हिस्सा ८ प्रतिशतभन्दा बढी थियो।

यसको तुलनामा रिलायन्स जियोको बजार हिस्सा ४० प्रतिशत र भारती एयरटेलको ३२ प्रतिशतभन्दा बढी थियो।

बीएसएनएलका सीएमडी पीके पुरवारलाई उद्धृत गर्दै एक मिडिया रिपोर्टले भन्यो, “२० प्रतिशत बजार हिस्सा हासिल गर्न सकिन्छ। यो हाम्रो सेवाको गुणस्तरमा भर पर्छ र हामीले फोरजी र फाइभजी सेवाहरू कति छिटो विस्तार गर्न सक्छौं भन्ने कुरामा निर्भर गर्दछ।”

कम्पनीले चाँडै आफ्नो ४जी सेवाहरू एक लाख बेस ट्रान्ससिभर स्टेशनहरू (बीटीएस) मार्फत विस्तार गर्नेछ। यसले हरियाणा र पञ्जाबमा करिब २,००० बीटीएस तैनाथ गरेको छ।

बीएसएनएलले अर्को वर्ष ५जी सेवा सुरु गर्ने तयारी गरिरहेको समेत जानकारी दिएको छ। भारतमा करिब डेढ वर्षअघि फाइभजी सेवा सुरु भएको थियो। निजी टेलिकम कम्पनीहरूले द्रुत रूपमा आफ्नो ५जी नेटवर्कको दायरा विस्तार गरेका छन्।

बीएसएनएललाई निजी टेलिकम कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको छ। केही महिना अघि, रिलायन्स जियोले घोषणा गरेको थियो कि यसले प्रत्येक २२ लाइसेन्स सेवा एरिया (एलएसए) मा ५जी नेटवर्कको सुरुवात गरेको छ। कम्पनीले सबै स्पेक्ट्रम ब्यान्डहरूमा निर्धारित समय भन्दा पहिले यो प्रक्षेपण पूरा गरेको छ। अन्य निजी कम्पनीहरुले पनि भारतमा फाइभजी सेवा बिस्तार गरिरहेका छन्।

गत वर्ष, केन्द्र सरकारले बीएसएनएललाई ४जी र ५जी सेवाहरू सुरु गर्न केही महिना अघि ८९,००० करोड रुपैयाँको पुनरुत्थान प्याकेज दिएको थियो।

गत आर्थिक वर्षमा कम्पनीको घाटा ८ हजार १६१ करोड भारतीय रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो ६,९८२ करोड रुपैयाँ थियो। कम्पनीको घाटा बढ्नुको मुख्य कारण सरकारलाई तिर्नुपर्ने समायोजन सकल राजस्व (एजीआर) को प्रावधान थियो।

प्रकाशित: २५ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...