
काठमाडौं ।
कोशी प्रदेशमा नगन्य मात्रामा टेलिफोन प्रयोगकर्ता बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन २०७९/८० को वार्षिक प्रतिवेदनमा कोशी प्रदेशमा नगन्य मात्रामा टेलिफोन प्रयोगकर्ता बढेको देखिएको हो।
गत आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्म कोशी प्रदेशमा ४८ लाख २७ हजार ६७६ टेलिफोन वितरण भएको थियो। आघिल्लो आव २०७८/७९ मा ४८ लाख २७ हजार ५३९ टेलिफोन वितरण भएको थिए। एक वर्षको अवधिमा टेलिफोन १३७ ले बढेको छ।
टेलिफोन सेवा प्रदायकहरुले लामो समयावधि सम्म सञ्चालनमा नरहेका सिमकार्डहरुलाई रिसाइकल गरेकाले समीक्षा वर्षमा वितरित टेलिफोनको संख्या नगन्य मात्रामा मात्र बढेको देखिन्छ।
इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या ८.३ प्रतिशतले बढेर ४० हजार २९ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या ११.३ प्रतिशतले बढेको थियो।
टेलिफोनको जिल्लागत अवस्था

प्रकाशित: २३ पुष २०८०, सोमबार