गाँजा मिसाएर केक तयार गरी अनलाइनमार्फत कारोबार, इन्स्टाग्राम एकाउन्टबाट प्रचार र अर्डर

  • Technology Khabar | २२ पुष २०८०, आईतवार
गाँजा मिसाएर केक तयार गरी अनलाइनमार्फत कारोबार, इन्स्टाग्राम एकाउन्टबाट प्रचार र अर्डर

काठमाडौं ।

लागु औषध गाँजा मिसाएर केक तयार गरी अनलाइनमार्फत कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्‍ने २६ वर्षीय विशन मानन्धर रहेका छन्।

लागु औषध नियन्त्रण ब्युरोले राजधानीको घट्टेकुलोबाट मानन्धरलाई पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता चक्रराज जोशीकाअनुसार उनले अनलाइनमार्फत युवा लक्षित कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको हो। मानन्धरले इन्स्टाग्राममार्फत समेत अकाउन्ट बनाउँदै गाँजा मिसाएर मुफिन लगायतको केक बनाउँदै बिक्री वितरण गर्ने गरेको पाइएको जोशीले बताए।

पक्राउ परेका उनको घर–कोठाबाट प्रहरीले गाँजाको धुलो १२१, तयारी अवस्थामा रहेको केकको झोल १७८ ग्राम, गाँजा ३ केजीलगायतका सामानहरू बरामद गरेको छ।

मानन्धरले आफ्नै घरमा विगत १ बर्ष देखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरु बनाई अनलाइन डेलिभरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: २२ पुष २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार