
काठमाडौं ।
श्रीलंकाले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलमा संदिग्ध व्यक्तिहरूको गतिबिधि पत्ता लगाउन स्वचालित अनुहार पहिचान प्रणाली स्थापना गरेको छ।
श्रीलंकन प्रहरीले शनिबार बताएअनुसार कोलम्बो बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलमा लागुऔषध ओसारपसार र अन्य आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू पत्ता लगाउन स्वचालित अनुहार पहिचान प्रणाली स्थापना गरिएको छ।
लागुऔषध सम्बन्धी अपराध र अन्य संगठित आपराधिक गतिविधि नियन्त्रण गर्न हालै सुरु गरिएको अपरेसन अन्तर्गत यो प्रणाली जडान गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित: २२ पुष २०८०, आईतवार