प्रभावकारी भएन् विद्युतीय हाजिरी

  • Technology Khabar | २० पुष २०८०, शुक्रबार
प्रभावकारी भएन् विद्युतीय हाजिरी

काठमाडौं ।

सरकारी कार्यालयमा चार वर्षअघि राखिएका विद्युतीय हाजिर प्रभावकारी बन्न सकेको छैन। पूर्वी नबलपरासीको गाउँपालिका, नगरपालिका, सरकारी कार्यालय र सरकारी बिद्यालयले समेत विद्युतीय हाजिर राखेर प्रशासन चुस्तदुरुस्त बनाउने लक्ष्य राखेका थिए।

बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले अहिले विद्युतीय हाजिर प्रचलनमा आउन छाडेको बताए।

जिल्लाका सबै पालिका, सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य केन्द्रमा राखिएका बिद्युतीय हाजिर मेसिन विरोपछि मर्मत गरेर चलाइएको छैन।

बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले कुनै पनि पालिका र सरकारी निकायमा कसैले बनाएर चलाएको नपाइनु दुःखको विषय भएको बताए।

कर्मचारीलाई समयमै कार्यालयमा आउनुपर्ने र समय सकिएपछि मात्र घर जानुपर्ने बाध्यकारी व्यवस्था विद्युतीय हाजिरीबाट हुने गरेको थियो।

गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी मेसिन मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने बताउँछन्। कावासोतीका गोपाल बस्ताकोटी अहिले सबैतिर विद्युतीय हाजिरी हराइसकेको उल्लेख गर्दै यसलाई कडाइ गरिनुपर्नेमा जोड दिन्छन्।

सबै पालिकाले सामुदायिक माध्यमिक विद्यालय, स्वास्थ्य केन्द्र र गाउँपालिकाका सयौं स्थानमा विद्युतीय हाजिरी जडान गरेका थिए।

देवचुली-१३ का वडाध्यक्ष एकदेब पौडेलले अहिले त्यो प्रभावकारी बन्न नसक्नु दुःखको कुरा भएको बताए।

बुलिङगटारका वडाध्यक्ष विष्णुबीर जगमगरले विद्युतीय हाजिरप्रतिको व्यबस्थामा उत्साही नभएकाले चार वर्ष नपुग्दै यसको प्रभावकारितामाथि प्रश्न उठेको बताए।

मध्यबिन्दुका राजकुमार महत्तो शैक्षिक गुणस्तर सुधार र स्वास्थ्य केन्द्रको अवस्था सुदृढ हुने अपेक्षासहित विद्युतीय हाजिरी राखिएको भए पनि प्रयोग प्रभावकारी रूपमा प्रयोग हुन नसकेको भनाइ छ। गोरखापत्रबाट

प्रकाशित: २० पुष २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार