Technology Khabar १९ पुष २०८०, बिहीबार
काठमाडौं ।
रुसी अदालतले अल्फाबेटको गुगल तथा यूट्यूब, मेटा, टिकटक र टेलिग्राम माथि गरेको जरिबानाको रकम बेलिफ्स (bailiffs) डाटाबेसमा ऋणदाताको रुपबाट हटाइएको छ। अहिले उक्त जरिवाना राज्यको बेलिफ्स डाटाबेसमा ऋणदाताको रुपमा दर्ता नभएको देखिएकाले मिलाइएको हुन सक्ने बताइएको छ।
बुधबार रोयटर्सद्वारा पहुँच गरिएको डाटाबेसमा अझै पनि एक्स (ट्विटर) ५१२ मिलयन रुबल र ट्विच २३ मिलयन रुबल जरिबाना देखिएको छ।
यस विषयमा गुगल, मेटा, टिकटक र टेलिग्रामले तत्काल टिप्पणी दिएका छैनन्।
फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि चर्किएको विवादमा रुसले विदेशी टेक्नोलोजी कम्पनीहरुसँग गैरकानूनी सामग्री र स्थानीय रूपमा प्रयोगकर्ताको डाटा स्टोर गर्न असफल भएकोमा विवादमा रहेको छ।
आक्रमण पछि, ट्विटर र मेटा प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राम ब्लक गरियो, र गुगलको स्वामित्वमा रहेको यूट्यूब रूसी राज्यको आक्रोसको विशेष निशाना बन्यो।
२०२३ को अन्तमा, एक रूसी अदालतले गुगललाई ४.६ बिलियन रूबलको जरिबाना लगाएको थियो। जुन रूसमा कम्पनीको वार्षिक कारोबारको अनुपातको रूपमा गणना गरिएको थियो।
मेटा, जसलाई २०२२ मा ‘चरमपन्थी’ को रूपमा लेबल गरिएको थियो, कम्पनीलाई रूसी राजस्वको अनुपातको रूपमा जरिबाना पनि लगाइएको छ।
प्रकाशित: १९ पुष २०८०, बिहीबार