२९औं क्यान इन्फोटेक माघ २५ गतेदेखि आयोजना हुने

  • Technology Khabar | १७ पुष २०८०, मंगलवार
२९औं क्यान इन्फोटेक माघ २५ गतेदेखि आयोजना हुने

काठमाडौं ।

२९ औं क्यान इनफोटेक यहि माघ २५ गतेदेखि सुरु हुने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक माघ २५ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ।

हालै क्यान महासंघले एक सूचनामार्फत क्यान इन्फोटेकमा सहभागी हुनका लागि इच्छुकहरुलाई आव्हान गरेको छ। यसको लागि स्पोन्सर र बुकिङ्ग खुला गरिएको जनाएको छ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका नौलो प्रविधिको प्रदर्शन गर्ने उद्देश्यसहित कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ)ले प्रत्येक वर्ष क्यान इन्फोटेक आयोजना गर्दै आइरहेको छ।

मेलामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सफ्टवेयर, फिन्टेक, इन्टरनेट सेवा प्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स, मोबाइल तथा मोबाइल एक्सेसरिज, टेलिकम्युनिकेसन्स, आइटी कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्स, स्टार्टअप र इन्नोभेसनका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीको सहभागिता रहने गर्दछ।

प्रकाशित: १७ पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

60 cameras installed for tiger counting go missing

  • Technology Khabar
  • १७ पुष २०८०, मंगलवार