सरकारी निकायका अधिकांश वेबसाइटहरु डाउन

  • Technology Khabar | १५ पुष २०८०, आईतवार
सरकारी निकायका अधिकांश वेबसाइटहरु डाउन

काठमाडौं ।

सरकारी वेबसाइटहरु सबै डाउन भएका छन्। आज मध्यान्हदेखि सबैजसो सरकारी वेबसाइटहरु डाउन भएका हुन्।

विशेषगरी राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्ट भएका सरकारी साइटहरु डाउन भएको देखिन्छ।

टेक्नोलोजीखबरले हेर्दा सञ्चार मन्त्रालय, प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालय नेपाल दूरसञ्चार प्राधिकरण लगायतका सबै आधिकारीक वेबसाइटहरु डाउन भएका छन्।

के कारणले साइटहरु नखुलेका हुन भन्ने कुनै जानकारी छैन्।

प्रकाशित: १५ पुष २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार