जेडी डटकमले अलीबाबा विरुद्धको एन्टिमोनोपोली मुद्दा जित्यो

  • Technology Khabar | १४ पुष २०८०, शनिबार
जेडी डटकमले अलीबाबा विरुद्धको एन्टिमोनोपोली मुद्दा जित्यो

काठमाडौं ।

चिनियाँ अनलाइन रिटेलर जेडीडटकमले अलीबाबा विरुद्धको एन्टिमोनोपोली (एकाधिकार अभ्यास)को मुद्दा जितेको छ। जेडीडटकमले शुक्रबार प्रतिस्पर्धी अलिबाबा विरुद्धको मुद्दा जितेको बताएको रोयटर्सले उल्लेख गरेको छ।

एकाधिकार अभ्यासको मुद्दामा अलीबाबालाई १ अर्ब युआन (१४०.६८ मिलियन अमेरिकी डलर) जरिवाना लगाइएको छ।

जेडीडटकमको विज्ञप्ति अनुसार झोजियाङ टीमल नेटवर्क कम्पनी, झोजियाङ टीमल टेक्नोलोजी कम्पनी र अलीबाबा ग्रुप होल्डिङ लिमिटेडले बजार प्रभुत्वको दुरुपयोग गरेको र ‘दुई मध्ये एक छान्ने’ भनेर चिनिने एकाधिकारवादी अभ्यासहरु अपनाएको पाइएको थियो। जसले जेडीडटकमलाई गम्भिर क्षति पुर्याएको थियो। बेइजिङको एक अदालतको आदेशलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

प्रकाशित: १४ पुष २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार