चिनियाँ टेक जायन्ट ह्वावे समर्थित आईटोको एम ९ एसयूभी लन्च

Technology Khabar १३ पुष २०८०, शुक्रबार

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेद्वारी समर्थित आईटो न्यू इनर्जी भेहिकल (एनईभी) ब्राण्डले आधिकारिक रुपमा आईटो एम९ फ्ल्यागशिप एसयूभी सार्वजनिक गरेको छ। आईटो एम९ ले सेप्टेम्बर २५ मा प्रि–सेल सुरु भएदेखि ५४ हजार प्रि-अर्डर प्राप्त गरिसकेको छ।

ह्वावे अटोमोटिभ बिजनेसका प्रमुख रिचर्ड युले मंगलबा लन्च कार्यक्रममा एक्सटेन्डेड रेञ्ज इलेक्ट्रिक भेहिकल (ईआरईभी) भर्सन र ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी) दुवै भर्सनमा उपलब्ध रहेको मोडललाई रोल आउट गरेका हुन्।

आईटो एम९ ईआरईभी म्याक्स र अल्ट्रा भर्सनमा उपलब्ध छ। जसको मूल्य क्रममा ४ लाख ६९ हजार ८०० आरएमबी र ५ लाख २९ हजार ८०० शुरुवाती मूल्य तोकिएको छ।

आईटो एम९ बीईभी पनि म्याक्स र अल्ट्रा भर्सनमा उपलब्ध छ। जसको मूल्य क्रममा ५ लाख ९ हजार ८०० आरएमबी र ५ लाख ६९ हजार ८०० शुरुवाती मूल्य तोकिएको छ।

आईटोले एम९ लन्च गरेको घोषणा गरेको दुई घण्टामा १० हजार भन्दा बढी अर्डर प्राप्त गरेको सीएनइभीपोष्टले उल्लेख गरेको छ।

आईटो एम९ को लम्बाई ५ हजार २३० एमएम, चौडाई १ हजार ९९९ एमएम, उचाई १ हजार ८०० एमएम छ भने ह्वीलबेस ३ हजार ११० एमएम छ।

आईटो एम९ ईआरईभी १ हजार ४९९ एमएलको डिसप्लेसमेन्टका साथ ११२ किलोवाट इन्जनद्वारा सञ्चालित छ। यस मोडलमा क्रमशः १६५ किलोवाट र २०० किलोवाटको पीक पावर भएको डुअल इलेक्ट्रिक मोटरहरू पनि छन्। यस पावरट्रेनको साथ, मोडलले ४.९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको गति लिन सक्छ।

आईटो एम९ बीईभीको फ्रन्टमा १६० किलोवाट र रियरमा २३० किलोवाट पीक पावरको डुअल इलेक्ट्रिक मोटर छ। जसले ४.३ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गति लिन सक्छ।

यसको ईआरईभी भर्सले ४२ किलोवाट आवर र ५२ किलोवाट आवर क्षमता भएको दुई ब्याट्री प्याक विकल्पहरुले सीएलटीसी ब्याट्री रेञ्ज क्रमशः २२५ किलोमिटर र २७५ किलोमिटर प्रदान गर्दछ।

आईटो एम९ ईआरईभी इन्धनको पूर्ण ट्यांकी र पूर्ण चार्जमा संयुक्त रेञ्ज क्रमशः १ हजार ३६२ किलोमिटर र १ हजार ४०२ किलोमिटर छ।

आईटो एम९ बीईभी ६३० किलोमिटर सीएलटीसी रेञ्जका साथ १०० किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध छ। यो ह्वावको जायन्ट ह्वयल ८०० भी हाई–भोल्टेज प्लेटफर्ममा आधारित छ। जसले यसलाई ५ मिनेटको चार्जमा १५० किलोमिटर सीएलटीसी रेञ्ज दिन्छ।

प्रकाशित: १३ पुष २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया