एथर इनर्जीको दुई लाख इलेक्ट्रिक स्कुटर उत्पादन

Technology Khabar १३ पुष २०८०, शुक्रबार

काठमाडौं ।

इलेक्ट्रिक दुई पांग्रे निर्माता अथर इनर्जीले भारतमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटरको लन्च पछि इलेक्ट्रिक स्कुटर उत्पादनमा नयाँ कीर्तिमान स्थापित गरेको छ। कम्पनीले पाँच वर्षको यात्रामा आफ्नो प्लान्टबाट दुई लाख यूनिट इलेक्ट्रिक स्कुटर उत्पादन गर्ने उपलिब्ध हासिल गरेको हो।

बेंगलुरु स्थिति ईभी निर्माताले हालमा तमिलनाडुको होसुर स्थित आफ्नो प्लान्टबाट यो उपलब्धि हासिल गरेको हो। एथरले २०२० जनवरीमा एथर ४५०एक्स र ४५० प्लस लन्च गरेको थियो र २०२३ जनवरीमा एक लाख इलेक्ट्रिक स्कुटर बिक्रीको आकडा पार गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

२०१८ मा इलेक्ट्रिक दुई पांग्रे बजारमा प्रवेश गरेको कम्पनीको प्रमुख मोडलको रुपमा ४५० एक्स रहेको छ।

एथरको पोर्टफोलियामा ४५० एक्स र ४५०एस इलेक्ट्रिक स्कुटर समावेश छ। जसमा ४५०एस किफायती मोडल हो।

एथर ४५० एसले सिंगल चार्जमा ११५ किलोमिटर रेञ्ज प्रदान गर्छ र यसको टप स्पीड ९० किलोमिटर प्रति घण्टा छ। यो स्कुटर ३.९ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रति घण्टाको गति लिन सक्षम छ। यसमा पार्क असिस्ट, अटो होल्ड, साइड स्ट्यान्ड सेन्सर, अटो इन्डिकेटर कट–अफ, इन्कोग्निटो मोड र गाइ मी होम लाइट लगायत फिच छ। एथर ४५० एसको सुरुवाती मूल्य १ लाख ३० हजार भारु (एक्स शोरुम) तोकिएको छ।

एथर ४५०एक्स स्कुटर २.९ किलोवाट आवर र ३.७ किलोवाट आवर ब्याट्री विकल्पमा उपलब्ध छ। जसले क्रमश १११ किलोमिटर र १५० किलोमिटर रेञ्ज प्रदान गर्न सक्षम छ। यसको टप स्पीड ९० किलोमिटर प्रति घण्टा छ।

एथर ४५०एक्सको दुवै भेरियन्टमा ७ इन्चको एटीएफटी टचस्क्रीन, इमरजेन्सी स्टप सिग्नल (ईएसएस), फल सेफ र ड्यूल डिस्क ब्रेक लगायत फिचर्स छ। साथै एथर स्मार्टफोन एपको मार्फत कनेक्टिभिटी फिचर्स दिइएको छ। यसको सुरुवाती मूल्य १ लाख ३८ हजार भारु (एक्स शोरुम) तोकिएको छ।

कम्पनीले यस वर्षको सुरुवातामा एथर ४५०एक्स इलेक्ट्रिक स्कुटरको हाई परफर्मेन्स भेरियन्ट ४५० एपेक्स पेस गर्ने घोषणा गरेको छ। अर्को वर्ष आधिकारिक रुपमा लन्च भए पनि यो ब्रान्डले बिक्री गर्ने सबैभन्दा महँगो इलेक्ट्रिक स्कुटर हुनेछ।

कम्पनीले हाल २ हजार ५०० भारुमा यसको बुकिङ लिइरहेको छ। ४५० एपेक्सको डेलिभरी २०२४ मार्च देखि सुरु हुनेछ। कम्पनीको तमिलनाडु होसुरमा एथर इनर्जीको उत्पादन प्लान्टको क्षमता एक लागि युनिट वार्षिक छ।

प्रकाशित: १३ पुष २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया