एक वर्षमा थपिए ३ लाख ९० हजार थान स्मार्ट लाइसेन्स

  • Technology Khabar | १० पुष २०८०, मंगलवार
एक वर्षमा थपिए ३ लाख ९० हजार थान स्मार्ट लाइसेन्स

काठमाडौं ।

सरकारले काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन काठमाडौँको रत्‍नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म संचालन गरिएको द्रुत बस सेवा बस सेवा सञ्‍चालन तथा प्रयोगको सूचना अनलाइन प्रणाली ल्याएको उल्लेख गरेको छ।

यसलाई सरकारले १ वर्षे प्रमुख उपलब्धिमा राख्दै  बस सेवा सञ्‍चालन तथा प्रयोगको सूचना अनलाइन प्रणाली (मोबाइल एप्स)मा प्राप्‍त गर्न सकिने व्यवस्था गरिएको जनाएको छ।

यसैगरी १ वर्षमा अनलाइन सवारी साधन दर्ता प्रणाली (भीआरएस) विभिन्‍न प्रदेशका ११ ओटा यातायात व्यवस्था कार्यालयहरूमा जडान भएको बताईएको छ।

यस अवधिमा थप ३ लाख ९० हजार २४९ थान सवारी चालक अनुमति पत्रको स्मार्ट कार्ड छपाइ भई वितरणका लागि पठाइएको छ भने सोही अवधिमा थप ३ लाख २८ हजार ३२६ थान इम्बोस्ड नम्बर प्लेटको उत्पादन भएको जानकारी दिएको छ।

प्रकाशित: १० पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार