पासपोर्ट अब अनलाइनबाटै नविकरण गर्ने व्यवस्था बनाईने

Technology Khabar १० पुष २०८०, मंगलवार

काठमाडौं ।

सरकारले पासपोर्टलाई अनलाइनबाटै नविकरण गरिने व्यवस्था बनाउने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा गरेको सम्बोधनमा सूचना प्रविधि मैत्री सरकारी सेवा बनाईने घोषणा गर्दै अनलाइनबाटै पासपोर्ट (राहदानी) नविकरण गराईने बताए

यसका साथै उनले कम्पनी रजिष्ट्रार कार्यालयलाई पूर्णरुपमा अनलाइन प्रणालीमा लैजाने बताए।

प्रधानमन्त्रीले बाणिज्य बिभागलगायतका कार्यालयहरुका सूचना प्रविधि प्रणालीलाईसमेत कम्पनी रजिष्ट्रारसँग एकीककृत गरेर एकद्वार सेवा र कागजातमा एकरुपता दिईने घोषणा गरे।

प्रकाशित: १० पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया