अमरगढीमा सिसीटिभी जडान

Technology Khabar १० पुष २०८०, मंगलवार

अमरगढीमा सिसीटिभी जडान
सांकेतिक तस्बिर

काठमाडौं ।

अमरगढीको मुख्य बजारमा अपराध नियन्त्रण गर्ने उद्देश्यले सिसिटिभी जडान गरिएकोछ।

अमरगढी नगरपालिकाले चालु आर्थिक वर्षको योजनाबाट तुफानडाँडा, खलङ्गा र बागबजार मा सिसिटिभी क्यामरा जडान गरेको हो।

उक्त क्यामरा जिल्ला प्रहरी कार्यालयको निगरानीमा रहने गरी अमरगढी नगरपालिका–५ को मुख्य बजार क्षेत्रमा १२ ओटा सिसी क्यामरा जडान गरिएको नगर प्रमुख डिल्लीराज जोशीले जानकारी दिए। बजार क्षेत्रमा हुने चोरी डकैती एवं आपराधिक क्रियाकलाप नियन्त्रणका लागि तथा अपराधीको पहिचान गर्न सिसी क्यामरा जडान गरिएको उनले बताए।

बागबजार क्षेत्रमा यसअघि जिल्ला प्रहरी कार्यालयले पनि सिसी क्यामरा जडान गरेको थियो। गोरखापत्रबाट

प्रकाशित: १० पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया