नेपाल टेलिकमले सेयरधनीलाई प्रति सेयर ४० रूपैयाँका दरले नगद लाभांश दिने

  • Technology Khabar | ७ पुष २०८०, शनिबार
नेपाल टेलिकमले सेयरधनीलाई प्रति सेयर ४० रूपैयाँका दरले नगद लाभांश दिने

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्रति सेयर ४० रूपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल सरकार अर्थ मन्त्रालयबाट स्वीकृति भएपछि कम्पनीको आगामी १६औं साधारण सभामा पेस गर्ने कम्पनीले निर्णय गरेको छ।

कम्पनीले गत आर्थिक वर्ष पनि ४० प्रतिशत नगद लाभांश नै वितरण गरेको थियो।

यसैबीच सार्वजनिक सूचनामार्फत कम्पनीले आगामी १६औं साधारण सभा पुस २९ गते गर्ने जानकारी दिएको छ। यसका साथै साधारण सभाले सर्वसाधारण समूहको तर्फबाट एकजना संचालक समेत निर्वाचनबाट छनोट गर्नेछ।

प्रकाशित: ७ पुष २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार