Technology Khabar ६ पुष २०८०, शुक्रबार
काठमाडौं ।
एप्पलले भिजन प्रो मिक्स्ड रियालिटी हेडसेट प्रस्तुत गर्दा यसमा कुनै कुनै स्पष्ट रिलीज तालिका उल्लेख गरिएको थिएन। यो डिभाइस केवल अर्को वर्षको शुरुमा उपलब्ध हुने बताइएको थियो। ब्लूमबर्गका मार्क गुरम्यानको नयाँ रिपोर्ट अनुसार अर्को वर्षको सुरुवाती वर्ष भनेको फेब्रुअरी हो।
रिपोर्ट अनुसार एप्पलले जनवरी अन्त्यसम्म उपभोक्ताका लागि डिभाइस तयार गर्ने उद्देश्यका साथ पछिल्लो केही हप्तामा चीनमा हेडसेटका उत्पादन बढाएको छ। त्यसको एक महिनापछि भिजन प्रो उपलब्ध गराउने योजना छ।
उत्पादन बढाउनका साथै एप्पलले डेभलपर्सलाई इमेल पठाएको छ। जसमा लेटेस्ट टुल्सका साथ हेडसेटका लागि आफ्नो एपको परीक्षण गर्न र फिडब्याकका लागि कम्पनीले आफ्नो सफ्टवेयर पठाउनक ालागि सूचित गरेको छ। यो डिभाइसको आसन्न रिलीजको अर्काे संकेत भएको गुरम्यान बताउँछन्। आफ्नो रिपोर्टमा गुरम्यानले एप्पलले पूर्ण रूपमा नयाँ उत्पादन वर्ग सुरु गर्न चालेका कदमहरूको पनि विवरण दिए।
पछिल्लो पटक कम्पनीले २०१५ मा नयाँ उत्पादन प्रस्तुत गरेको थियो। तत्कालिन समयमा कम्पनीले एप्पल वाच बेच्न सुरु गरेको थियो। तर भिजन प्रो एक फरक उत्पादन हो र यसलाई रिलीज गर्न सावधानीपूर्वक योजना चाहिन्छ।
हेडसेटसँग धेरै सम्भावित कन्फिगरेसनहरू छन र प्रत्येक ग्राहकको आवश्यकताहरू पूरा गर्न कस्टमाइज गर्न सकिन्छ। एप्पलले स्पष्ट रूपमा प्रत्येक खुद्रा स्टोरबाट कम्तिमा दुई कर्मचारीहरूलाई जनवरीमा प्रशिक्षणको लागि मुख्यालयमा पठाउँदै छ। त्यहाँ उनीहरुलाई डिभाइसको हेडब्यान्ड र लाइट सीलहरु कसरी जोड्ने साथै साथै प्रिस्क्रिप्शन लेन्सहरू कसरी फिट गर्ने भनेर सिकाइनेछ।
भिजन प्रो ३ हजार ४९९ अमेरिकी डलरमा बिक्री गरिनेछ। साथै गुरम्यानको पहिलाका रिपोर्ट अनुसार एप्पलले थप किफायती (कम शक्तिशाली) भर्सनमा काम गरिरहेको छ। जसको मूल्य एक हजार ५०० देखि २ हजार ५०० अमेरिकी डलरबीचमा हुनेछ।
प्रकाशित: ६ पुष २०८०, शुक्रबार