सामाजिक संजाल एक्सको वेबसाइट डाउन, एपमा पनि समस्या

  • Technology Khabar | ५ पुष २०८०, बिहीबार
सामाजिक संजाल एक्सको वेबसाइट डाउन, एपमा पनि समस्या

काठमाडौं ।

इलन मस्कको सामाजिक संजाल एक्सको वेबसाइट डाउन भएको छ। नेपाली प्रयोगकर्ताहरुका साथै विश्वभरका समस्या भोगेका छन्।

उनीहरुले आफ्नो टाइमलाइनमा केहि नदेखिने गुनासो गरेका छन्।

अधिकांशको टाइमलाइनमा एक्समा स्वागत छ भन्ने मात्र जानकारी देखिएको छ। जुन एक्समा नयाँ सेवाग्राहीका लागि देखाईन्छ।

यो समस्या नेपालमा मात्र नभएर विश्वभर आएको इन्टरनेट डाउनको जानकारी राख्ने डाउनडिटेक्टरले देखाएको छ।

यस्तै एक्सको एपमा पनि समस्या आएको देखिन्छ। जहाँ टाइमलाइन रिफ्रेस हुन सकिरहेको छैन्। विश्वभरका प्रयोगकर्ताहरुले एक्समा समस्या भोगेको डाउनडिटेक्टरमा गुनासो गरका छन्।

किन समस्या आयो भन्ने कुनै जानकारी छैन्।

प्रकाशित: ५ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...