अब सामसङ फोल्डेबल पनि ग्राहकले आफैं मर्मत गर्न सकिने

Technology Khabar ५ पुष २०८०, बिहीबार

काठमाडौं ।

अब सामसङ फोल्डेबलका प्रयोगकर्ताले आफै आफ्नो डिभाइस रिपेयर गर्न सक्ने भएका छन्। सामसङ ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ का प्रयोगकर्ताले कम्पनीको सेल्फ रिपेयर सर्भिस अन्तर्गत आफ्नो फोन बनाउन सक्छन्।

फोन आफैँ बनाउने कार्यक्रम ग्यालेक्सी एस२३ सिरिज, ट्याब एस९ सिरिज र ग्यालेक्सी बुक २ प्रोमा पनि विस्तार गरिएको इनग्याजेडले उल्लेख गरेको छ। सामसङले आईफिक्सइटसँगको सहकार्यमा सेल्फ रिपेयर सर्भिस सुरु गरेको हो।

हाल फ्लिप ५ र फोल्ड ५ आईफिक्सइटमा देखिएको छैन। त्यसैले रिपेयर टूल मूल्य कति हुन्छ भन्ने हालसम्म थाहा छैन। अनुमानअनुसार गुगल पिक्सेल फोल्डको इनर स्क्रीनको मर्मत किटको मूल्य करिब ९०० अमेरिकी डलरसम्म पर्न सक्छ।

प्रकाशित: ५ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया