“आइएमई पे” ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित

  • Technology Khabar | ५ पुष २०८०, बिहीबार
“आइएमई पे” ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित

काठमाडौं ।

डिजिटल वालेट “आइएमई पे” भिजा पार्टनरसिप अवार्डबाट सम्मानित भएको छ।

काठमाण्डौंमा म‌ंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पेलाई एक्सिलेन्स इन फिनटेक पार्टनरसिप’ अवार्डबाट सम्मानित गरेको हो।

यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टता मार्फत वित्तिय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आइएमई पे र भिजा बिचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्दछ।

आइएमई पे ले हाल भिजासँगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड  प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्च मार्क सेट गरेको छ र आगामी दिनमा पनि भिजासँगको सहकार्यमा बिभिन्न नवप्रवर्तनात्मक सेवाहरु लिएर आउने जानकारी आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी गराए।

प्रकाशित: ५ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...