आफूसहित शीर्ष नेताहरु सिंगापुरमा एनसेलका लगानीकर्ताकोमा बसेको प्रधानमन्त्रीको स्वीकारोक्ति

  • Technology Khabar | ३ पुष २०८०, मंगलवार
आफूसहित शीर्ष नेताहरु सिंगापुरमा एनसेलका लगानीकर्ताकोमा बसेको प्रधानमन्त्रीको स्वीकारोक्ति

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल आजियाटा लिमिटेडको ८० प्रतिशत शेयर खरिद गरेका सतिशलाल आचार्यलाई आफूसहित शीर्ष नेताहरुले समेत चिनेको बताएका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एनसेलको शेयर खरिदबिक्री बारेमा उनले आफ्नो धारणा राखेका थिए।

प्रधानमन्त्री दाहालले उक्त शेयर बिक्री प्रक्रियाका सहज र स्वाभाविक नलागेर नै सरकारले तत्काल निर्देशन र समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाएको स्पष्ट गरे।

यसका साथै उनले बैठकमा एनसेलका नेपाली लगानीकर्तासँगको सम्बन्धको विषयमा समेत बोलेका छन्। उनले एनसेल कर छली गरेको प्रकरणमा प्रधानमन्त्री प्रचण्डको संलग्नता भएको भन्ने विषयमा पनि आफ्ना भनाईहरु राखेका थिए।

उनले अहिले एनसेलको ८० प्रतिशत शेयर खरिद गरेका आचार्यलाई आफूसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समेत चिनेको बताए।

“मैले पनि उनलाई चिन्छु आफ्नी श्रीमती बिरामी भएर दुईपटक सिंगापुर उपचारमा लैजाँदा ती साथीहरुकोमा बसेको पनि छु। शेरबहादुरजी जाँदा पनि बस्नुहुन्छ। केपी ओलीजी जाँदा पनि बस्नुहुन्छ। हामीबिच कुरा पनि हुन्छ,” ” प्रधानमन्त्री दाहालले भने, “तर कुरा के हो भने चिने पनि उनले जे गरे पनि छुट दिइँदैन्।”

प्रकाशित: ३ पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार