
काठमाडौं ।
टिकटकको ‘फर यू पेज’ लाई ठूला स्क्रिन र फोल्डेबल डिभाइसहरूमा स्क्रोल गर्न मिल्ने/सकिने भएको छ। यो नयाँ अपडेट आईप्याड वा विभिन्न फोल्डेबल एन्ड्रोइड फोनहरू जस्ता डिभाइस प्रयोगकर्ताहरूका लागि विश्वव्यापी रूपमा उपलब्ध हुने भएको हो।
परम्परागत रूपमा मोबाइल–फर्वार्ड टिकटकले ठूला स्क्रिनहरूमा “एनहान्स्ड क्लियारिटी” को साथ कन्टेन्टको क्लियर भिडियो फिड डेलिभर गर्ने बताएको इनग्याजेटले रिपोर्ट गरेको छ।
टिकटक भिडियोहरू स्ट्रिम गर्ने स्क्रिनहरूको टप (माथि) र बटम (तल) मा रहेको नेभिगेसन बारले ट्याब्स र फिचर्ड भिडियोहरू एक्सेस गर्नका लागि सजिलो बनाउने भएको जनाइएको छ। यस अपडेटको साथ क्लिपहरू ल्यान्डस्केप ओरियन्टेसनमा पनि हेर्न सकिने छ।
त्यसैगरी यसले भिडियो क्रिएटर्स (सिर्जनाकर्ताहरू) का लागि वर्षौंदेखिको भर्टिकल–ओन्लिबाट अब होरिजेन्टल फर्म्याट (तेर्सो ढाँचा) मा कन्टेन्ट जेनेरेट गर्नलाई नयाँ अवसरहरू प्रदान गर्ने उल्लेख गरिएको छ।
त्यसका साथै टिकटकले टपिक फिडहरू जस्ता फिचर्समा एक्सपेरिमेन्ट (प्रयोग) गर्न जारी राख्ने र यसले प्रयोगकर्ताहरूलाई गेमिङ, खाना वा फेसन जस्ता स्पेसिफिक क्याटेगोरीज (विशिष्ट कोटीहरू) मा भिडियोहरू एक्सप्लोर गर्न अनुमति दिनेछ।
प्लेटफर्मले प्रयोगकर्ताहरूलाई कन्टेन्ट (सामग्री) डेलिभर गर्ने नयाँ तरिकाहरू एक्सप्लोर गरिरहेको र यसले प्रयोगकर्ताहरूलाई भिडियोहरू सिफारिस गर्नसक्ने एआई–पावर्ड च्याटबोटको आईडियालाई पनि परीक्षण गरिरहेको जनाइएको छ।
प्रकाशित: ४ पुष २०८०, बुधबार