बाजुरामा राष्ट्रिय परिचयपत्र वितरण

  • Technology Khabar | ४ पुष २०८०, बुधबार
बाजुरामा राष्ट्रिय परिचयपत्र वितरण

काठमाडौं ।

बाजुरा जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ। अनलाइनमार्फत फाराम भरेका नागरिकलाई छापिएर आएका परिचयपत्र वितरण कार्य सुरु गरेको हो।

२०७७ सालमा प्रशासन कार्यालयबाटै अनलाइनमार्फत फाराम भरेका नागरिकलाई तीन वर्षपछि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बुधबार अनलाइनमार्फत फाराम भरेका गौमूल गाउँपालिकाका कलकबहादुर धामीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरे।

अनलाइनमार्फत फाराम भरेका ३४ हजारमध्ये १३ हजार पाँच सय जनाको राष्ट्रिय परिचयपत्र छापिएर आएको प्रशासन कार्यालयका कम्प्युटर अपरेटर जयबहादुर ऐडीले बताए।

राष्ट्रिय परिचयपत्र जिल्लाबाटै लिन पाउँदा खुसी लागेको सेवाग्राही कलकबहादुर धामीले बताए। “हरेक काममा यही पत्र चाहिँदो रहेछ,” उनले भने।

प्रशासन कार्यालयले आफ्नो परिचयपत्र लिन आउन सर्वसाधारणलाई आग्रह गरेको छ। गोरखापत्रबाट

प्रकाशित: ४ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार