मङ्गोलियामा प्रतिकूल मौसमका कारण अनलाइन पठनपाठन

Technology Khabar २ पुष २०८०, सोमबार

काठमाडौं ।

मङ्गोलियाले प्रतिकूल मौसमका कारण अनलाइन पठनपाठन शुरु गर्ने भएको छ ।

शिक्षा तथा विज्ञान मन्त्रालयले सोमबार जनाए अनुसार जाडो मौसम र फ्लुको उच्च प्रकोपका कारण, पहिलोदेखि पाँचौं कक्षाका सबै विद्यार्थीहरूका लागि सोमबारदेखि दुई हप्ताससम्म अनलाइन कक्षा सञ्चालन गरिने छ ।

साथै, ६ कक्षादेखि बाह्रसम्मका विद्यार्थीहरूका लागि डिसेम्बर २५ देखि जाडो बिदाको शुरुवातसम्म चल्ने अनलाइन कक्षाहरू एक हप्तासम्म चल्ने छ। गत हप्ताको शुरुदेखि रूसको साइबेरियाबाट शुरु भएको कडा चिसो फ्रन्टले मङ्गोलियाका व्यापक क्षेत्रहरूमा फैलिरहेको छ जसले तापमान घटेको छ भने कडा हावा र हिमपात ल्याएको छ।

देशभरका अस्पतालहरूमा, विशेष गरी विश्वको सबैभन्दा चिसो राजधानी शहर र देशको झन्डै आधा बाल जनसङ्ख्याको रहेको उलान बातोरको राजधानीमा बालबालिकाका वार्डहरूमा मौसमी फ्लुको प्रकोपमा उल्लेखनीय वृद्धिका कारण भीडभाड बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मङ्गोलियामा जाडोमा माइनस २५ डिग्री सेल्सियसको तापक्रम सामान्य मानिन्छ। रासस/सिन्ह्वा

प्रकाशित: २ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया