पूर्वाधार विकासलाई प्रविधिमैत्री बनाउनुपर्ने

  • Technology Khabar | २ पुष २०८०, सोमबार
पूर्वाधार विकासलाई प्रविधिमैत्री बनाउनुपर्ने

काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वाधार विकासलाई प्रविधिमैत्री बनाउन सकिए बजेट र समयको बचत हुनाका साथै जीवनयापनसमेत सहज हुने बताएका छन्।

कृत्रिम बौद्धिकता (एआई) मा आधारित अमेरिकी कम्पनी ‘डिजिटल ट्विन टेक’ को नेपालमा थालनी भएको अवसरमा नेपाल निर्माण व्यवसायी महासङ्घको सहकार्यमा आइतबार आयोजित कार्यक्रममा मन्त्री ज्वालाले उद्योग, कृषि, सडक, रेल, सुरुङ निर्माणमा प्रविधिको प्रयोग आवश्यक भएको बताएका हुन्। उनले परियोजना विकास र अनुगमनका लागि प्रविधिको सहयोगले समय र खर्च कम लाग्नाका साथै मानवीय जीवनसमेत जोखिमबाट जोगिने जनाए।

महासङ्घका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणमा नवीन प्रविधिलाई प्रयोगमा ल्याउन उद्यमी–व्यवसायीले सक्रिय भूमिका निर्वाह गर्ने बताए।

प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार रामदीप आचार्य, उद्यमी डा. उपेन्द्र महतोलगायत सहभागी कार्यक्रममा ‘डिजिटल ट्विन टेक’ नेपालका प्रमुख अध्यक्ष डिबी चन्दले उक्त प्रविधिबारे जानकारी दिए। रासस

प्रकाशित: २ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार