
काठमाडौं ।
चीनको सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी मध्ये एक सेन्सटाइम ग्रुपका संस्थापक निधन भएको छ। ताङ सियाओउको शुक्रबार राती निधन भएको कम्पनीले शनिबार जनाएको रोयटर्सले उल्लेख गरेको छ।
चाइनिज युनिभर्सिटी हङकङका प्रोफेसर ताङले सुरु गरेको सफ्टवेयर डेभलपमेन्ट फर्मले विकास गरेको अनुहार पहिचान गर्ने प्रविधि सार्वजनिक र निजी मागसँगै तीव्र रुपमा बढेको छ।
सेन्सटाइमका अनुसार ५५ वर्षिय ताङको मृत्यु रोगका कारण भएको बताइएको छ। उनको जन्म सन् १९६८ मा अन्सान, लिओनिङ, चीनमा भएको थियो।
‘यस दुखद घडीमा, हामी प्रोफेसर ताङको परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौं!’ कम्पनीले आफ्नो आधिकारिक विच्याट अकाउन्टमा पोस्ट गरेको छ।
‘प्रोफेसर ताङको बुद्धि, जोश र विज्ञानको कहिले नसकिने खोजले हामीलाई हाम्रा मौलिक आकांक्षा प्रति सत्य रहन र अगाडि बढ्न प्रेरित गर्नेछ।’
प्रकाशित: १ पुष २०८०, आईतवार