Technology Khabar १ पुष २०८०, आईतवार
काठमाडौं ।
नेपाली इन्जिनियरिङ कलेजका विद्यार्थीले १५ लाख बढीकाे अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गर्न सफल भएका छन्।
कलेजका विद्यार्थी विप्लव पनेरु र भर्खरै स्नातक गरेका अनुप पौडेलसँगै पुल्चोक क्याम्पसका केमिकल इन्जिनियरिङका स्नातक चौथो वर्षका विद्यार्थी विश्व पनेरुले अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गरेका हुन्।
उनीहरूले ‘टेक्नो-इकोनोमिक एनालिसिस अफ क्रायोजेनिक सीओ २ क्याप्चर प्रोसेस अफ नेपाल एन्ड इटस एप्लिकेसन’ शीर्षकको अनुसन्धान परियोजनाका लागि ११ हजार ८७५ डलरको अनुदान पाएको बताईएको छ।
उनीहरू युनाइटेड इन्जिनियरिङ फाउन्डेसनको अनुदान कार्यक्रममा जलवायु समाधान परियोजनाका लागि स्वीकृत भएका हुन्।
पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङ फाउन्डेसन पाँच ठूला इन्जिनियरिङ सोसाइटीहरूको साझा कन्सोर्टियम हो। याे परियोजना एशियाबाट एक मात्र छनोट भएकाे परियोजना हाे।
यसबाहेक, अनुदान कार्यक्रमको एक भागको रूपमा विश्वास र उनकाे टोलीलाई अमेरिकी इन्ष्टिच्युट अफ मेकानिकल इन्जिनियर्सद्वारा एक हजार अमेरिकी डलरकाे प्रस्तावित दुई आवश्यक पाठ्यक्रमहरू प्रदान गरिएको छ।
यी पाठ्यक्रमहरूले केमिकल इन्जिनियरिङको क्षेत्रमा उनीहरूकाे ज्ञान र सीपलाई थप वृद्धि गर्ने अपेक्षा गरिएकाे छ।
उनीहरूकाे परियोजना प्रतिवेदन चाँडै नै अमेरिकी इन्ष्टिच्युट अफ मेकानिकल इन्जिनियर्सको सस्टेनेबल एनर्जी कोर्प्सले आफ्नो अन्तर्राष्ट्रिय डाटाबेसमा प्रकाशित गर्ने बताइएकाे छ।
प्रकाशित: १ पुष २०८०, आईतवार