इन्जिनियरिङमा पैंसठ्ठी प्रतिशत भर्ना

Technology Khabar २९ मंसिर २०८०, शुक्रबार

इन्जिनियरिङमा पैंसठ्ठी प्रतिशत भर्ना
फाइल तस्विर

काठमाडौं ।

इन्जिनियरिक्त अध्ययन संस्थान अन्तर्गतका आगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा बिहीबारसम्ममा ६५ प्रतिशत विद्यार्थी भर्ना भएका छन्।

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पाँच ओटा आंगिक र १० ओटा सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा छन्। दुवैथरि क्याम्पसमा गरेर चार हजार ३४४ जना विद्यार्थी भर्ना क्षमता छ। तीमध्ये दुई हजार ८१० जना भर्ना भइसकेका छन् ।

संस्थानका अनुसार आंगिकतर्फ पुल्चोक क्याम्पसमा कुल ६२४ सिटमध्ये ३० सिट मात्रै भर्ना गर्न बाँकी छ। यो क्याम्पसले इन्जिनियरिङका १६ ओटा विषयको पढाइ सञ्चालन गरिरहेको छ।

थापाथली क्याम्पसमा ४३२ ओटा सिटमध्ये १०८ ओटा मात्रै रिक्त छन्। परिचमाञ्चल क्याम्पस पोखरामा ४३२ ओटा सिटमध्ये ११७ ओटा र धरानस्थित पूर्वाञ्चल क्याम्पसमा ४२८ ओटा सिटमध्ये १०१ सिट रिक्त छन् ।

यी तीनै ओटा क्याम्पसमा इन्जिनियरिङ विधा अन्तर्गत १४ ओटा विषयको पढाइ सञ्चालन भइरहेको छ। संस्थानकै आङ्गिक मध्येका चितवन इन्जिनियरिङ क्याम्पसमा २४ ओटा सिटमध्ये दुई ओटा मात्रै रिक्त छ।

सम्बन्धन प्राप्त क्याम्पसमध्ये सबैभन्दा धेरै विद्यार्थी नेसनल कलेज अफ इन्जिनियरिङमा सबै विषयमा गरेर २४० ओटा विद्यार्थी सिट भर्ना क्षमता भएकोमा २०७ जना भर्ना भइसकेका छन्।

सबैभन्दा थोरै विद्यार्थी जनकपुर इन्जिनियरिङ क्याम्पसमा भर्ना भएका छन्। विभिन्न विषयका गरेर १९२ विद्यार्थी भर्ना क्षमता भएको यो क्याम्पसमा २१ जना मात्रै भर्ना भएका छन्। जुन कुल भर्ना क्षमताको ११ प्रतिशत मात्रै हो।

अहिले आकर्षक विषयमा समेत विद्यार्थी भर्ना नभएर धेरै कोटा रिक्त रहेको चर्चा चल्ने गरेको छ तर विद्यार्थी भर्नाका क्रम अझै जारी रहेको हुनाले बजारमा हल्ला भएअनुसार विद्यार्थी कोटा रिक्त नभएको संस्थानका डिन प्राडा शशिधरराम जोशीले बताए।

उनका अनुसार प्रवेश परीक्षामा प्राप्ताङ्कका आधारमा बिद्यार्थी भनीलाई प्राथमिकतामा राखिएको छ। जसअनुसार भर्नाका लागि विद्यार्थीको तेस्रो
सूची प्रकाशन गरिएको छ। उनले यो सूचीका विद्यार्थी भनांमा आएपछि फेरि अर्को सूची निकालिने बताए। उनकाअनुसार विगतमा यस्ता विद्यार्थीको १२ ओटासम्म सूची प्रकाशन गरिएको थियो।

उनले भने, “विगतको ‘तुलनामा भनी हुने विद्यार्थीको संख्यामा केही कमी आउला तर बजारमा हल्लाचले जस्तो विद्यार्थी अभाव भएको चाहिँ होइन ।”

सानेपास्थित सगरमाथा इन्जिनियरिङ क्याम्पसमा प्राचार्य रमेश श्रेष्ठले पनि भर्ना प्रक्रिया जारी रहेकाले अहिले नै विद्यार्थी अभाव भयो भनेर हल्ला गर्नु बेकार भएको बताए।

इन्जिनियरिङ संकायमा भर्नाका लागि संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षामा छ हजार उत्तीर्ण भएका थिए। प्रवेश परीक्षामा १४ हजारको हाराहारीमा सहभागी थिए।

इन्जिनियरिङको पढाइ कुरेर बसेका विद्यार्थीको नियमित कक्षा भने आगामी माघ महिनादेखि मात्रै सञ्चालन गर्ने संस्थानले जनाएको छ।

स्नातक तह अन्तर्गतकै अन्य संकायका विद्यार्थीको पढाइ सुरु भइसके पनि इन्जिनियरिङ पढ्न ६ महिनासम्म कुर्नु पर्दा आफूहरूलाई समस्या परेको विद्यार्थीले गुनासो गरेका छन्। गोरखापत्रबाट

प्रकाशित: २९ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया