काठमाडौं ।
माइक्रोसफ्टले शुक्रबार एक विज्ञप्तिमा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) पावरहाउस ओपनएआईको कुनै पनि अंशको स्वामित्व नलिएको बताएको छ। अर्थात कम्पनीले यसमा कुनै शेयर हिस्सा नलिएको र अधिनमा नराखेको स्पष्ट पारेको हो।
“हाम्रो सम्झौताको विवरण गोप्य रहँदा, यो नोट गर्नु महत्त्वपूर्ण छ कि माइक्रोसफ्टले ओपनएआईको कुनै पनि अंशको स्वामित्व लिएको छैन र नाफा वितरणको साझेदारीको लागि मात्र हकदार छ,” कम्पनीका प्रवक्ता फ्रान्क शाले भने।
हालै माइक्रोसफ्टले च्याटजीपीटी निर्माता ओपनएआईमा गरेको लगानी र यसको सम्झौताको बारेमा अमेरिकी र बेलायती नियामकहरुले अनुसन्धान गरिरहेका छन्। उनीहरुले सो सम्झौता वा लगानीले बजार प्रतिस्पर्धालाई कस्तो असर पार्छ भनेर हेर्नेछन्।
प्रकाशित: २५ मंसिर २०८०, सोमबार