आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा

  • Technology Khabar | ९ बैशाख २०७५, आईतवार
आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा

काठमाडौं ।

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले ३४औं शाखा रामेछाप जिल्लाको मन्थलीमा बैशाख ९ गते देखि संचालनमा ल्याएको छ । शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा गरे ।

शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले छोटो समयमा नै आफ्नो साख स्थापित गर्न सफल भएको र बीमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवालगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गरी रहेको जानकारी दिए ।

सो अवसरमा बिमा क्षेत्रको विकास र विस्तारको लागि सात वटै प्रदेशको विभिन्न भागमा आफनो उपस्थिती जनाई लघुबीमा लगायत सम्पूर्ण निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गरी अग्रिणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स लाई स्थापित गर्ने हेतुले सेवा प्रदान गरिरहेको जानकारी दिए ।

सोही कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापा लगायत स्थानिय उद्योगी तथा व्यवसायीहरुले कम्पनीसंग व्यवसाय विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित: ९ बैशाख २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार