फेसबुक मेसेन्जरमा अब इन्ड–टु–इन्ड इन्क्रिप्सन उपलब्ध, नयाँ फिचर्स पनि जोडियो

  • Technology Khabar | २३ मंसिर २०८०, शनिबार
फेसबुक मेसेन्जरमा अब इन्ड–टु–इन्ड इन्क्रिप्सन उपलब्ध, नयाँ फिचर्स पनि जोडियो

काठमाडौं ।

मेटाले फेसबुक मेसेन्जरका लागि भनेर धेरै नयाँ फिचर्स (सुविधाहरू) को घोषणा गरेको छ। यो सम्भवतः चरणबद्ध रोलआउट हुनसक्ने र त्यसका लागि केही दिन पर्खन पर्नेछ।

सबैभन्दा उल्लेखनीय परिवर्तन भनेको यसमा पूर्वनिर्धारित रूपमा उपलब्ध हुने इन्ड–टु–इन्ड इन्क्रिप्सन हो।

अब देखि सबै प्राईभेट (निजी) मेसेजज इन्क्रिप्टेड हुनुका साथै केवल तपाईं र तपाईंको प्रापकले ती सन्देशहरू पढ्न सक्ने छ। मेसेन्जरका प्रायः प्रतिस्पर्धीहरूले गोपनीयता–उन्मुख मात्र नभएर पहिलेदेखि नै इन्ड–टु–इन्ड इन्क्रिप्सन पनि प्रदान गर्दै आएमा मेटाले ढिलै भएपनि यो सुबिधा दिएको छ।

ईन्क्रिप्शनको अतिरिक्त, सन्देशहरू सम्पादन गर्न सकिने (यो प्रतिक्षित फिचर हो), सेन्ड डिसअपेरिङ्ग मेसेजेस (सन्देशहरू गायब गर्ने बनाउन सकिने), हाईड रिड रिसिट (पढेको लुकाउन) फीचरमा मानिसहरूले सन्देश पढेपछि देख्न नसक्ने र भ्वाइस मेसेजिङ्गमा पनि केही सुधारहरू गरिएका छन्। साथै सन्देश पठाएको १५ मिनेट भित्रमा मात्र मेसेज सम्पादनमा त्यहाँ रहेको क्याचमा त्यसो गर्न सकिनेछ।

मेटाले अब विश्वव्यापी परिवर्तनहरू गर्नु अघि प्रयोगकर्ताहरूको सानो समूहमा एचडी फोटो र भिडियोहरूको परीक्षण गरिरहेको हुनाले फोटो र भिडियोको गुणस्तरले बुस्ट प्राप्त गर्ने भएको उल्लेख छ।

प्रकाशित: २३ मंसिर २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार