एनसेलको वेबसाइट डाउन

  • Technology Khabar | २२ मंसिर २०८०, शुक्रबार
एनसेलको वेबसाइट डाउन
Ncell corporate office in Lainchour, Kathmandu

काठमाडौं ।

दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडको डोमेन डाउन भएको छ।

एनसेल आजियाटाको आधिकारिक वेबसाइट www.ncell.axiata.com खोल्दा अहिले ‘प्रोक्सी एरर’ देखाउँछन्।

एनसेलका एक अधिकारीका अनुसार प्राविधिक समस्याका कारण वेबसाइट डाउन भएको हो। ‘कम्पनीका प्राविधिकहरुले समस्यामा काम गरिरहनु भएको छ,’ एनसेलका ती अधिकारीले भने, ‘छिट्टै नै वेबसाइट पहिलै कै अवस्थामा फर्किन्छ।’

हालै एनसेलको शेयर खरिदबिक्री भएसँगै कम्पनी चर्चामा रहेको छ। कम्पनीमा रहेको आजियाटा ग्रुपको ८० प्रतिशत शेयर नेपाली मूलका व्यवसायी सतिशलाल आचार्यको बेलायती कम्पनी  स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको छ।

प्रकाशित: २२ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार