एनसेलको शेयर खरिदबिक्रीको अध्ययन गर्न टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन

Technology Khabar २१ मंसिर २०८०, बिहीबार

एनसेलको शेयर खरिदबिक्रीको अध्ययन गर्न टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन
फाइल तस्विर

काठमाडौं ।

सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गरी प्रतिवेदन पेश गर्न उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको छ।

आज मंसिर २१ गते बसेको मन्त्रिपरिषद् बैठककले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गरी प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गर्ने निर्णय गरेको हो।

उक्त समितिमा सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आईक्यानका अध्यक्ष सुजनकुमार काफ्लेलाई सदस्य तोकिएको छ।

उक्त समितिले एक महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने समयावधि तोकिएको छ।

यसअघि सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकले सरकारलाई एनसेलको शेयर खरिदबिक्रीको बारेमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गर्न निर्देशन दिएको थियो।

प्रकाशित: २१ मंसिर २०८०, बिहीबार

तपाइको प्रतिक्रिया