एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन: माओवादी प्रवक्ता सापकोटा

  • Technology Khabar | २० मंसिर २०८०, बुधबार
एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन: माओवादी प्रवक्ता सापकोटा

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन्।

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही गर्नपछि हट्न नहुने बताएका हुन्।

उनले भने, “एनसेल बिक्री प्रकरणमा सरकार दोषी छैन, छानबिन कमिटीको प्रतिवेदनमा कोही दोषी देखाए दोषीलाई कारबाही हुनपर्छ।”

यसैगरी उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्न खोजेको काममा सरोकारवालाले सहयोग नगर्दा समस्या आएको बताए।

प्रकाशित: २० मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार