बेचेको शेयर सरकारले किनेर एनसेल चलाउनुपर्ने एमाले सांसद योगेश भट्टराईको माग

  • Technology Khabar | २० मंसिर २०८०, बुधबार
बेचेको शेयर सरकारले किनेर एनसेल चलाउनुपर्ने एमाले सांसद योगेश भट्टराईको माग
सार्वजनिक लेखा समितिको बैठक। फाइल तस्विर

काठमाडौं ।

नेकपा (एमाले)का सांसद योगेश कुमार भट्टराईले एनसेल आजियाटा लिमिटेडलाई सरकारले किनेर चलाउनुपर्ने माग गरेका छन्।

सांसद भट्टराईले आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै एनसेलले बेचेको ६ अर्बको शेयर सरकारले किनेर कम्पनी चलाउनुपर्ने बताएका हुन्।

उनले यसलाई सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकम जसरी नै चलाउन सकिने जिकिर गरे।

सांसद भट्टराईले छिमेकी भारतमा टेलिकम अपरेटर भोडाफोनलाई सरकारले किनेर चलाएको भन्दै एनसेललाई पनि त्यसैगरी संचालन गर्न सकिने बताएका हुन्।

हाल लेखा समितिको बैठक जारी छ।

प्रकाशित: २० मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei He Tingbo named to TIME’S fourth annual list of the TIME100 AI

  • Technology Khabar
  • २० मंसिर २०८०, बुधबार