बजाज चेतक अर्बन इलेक्ट्रिक स्कुटर लन्च, रेञ्ज ११३ किलोमिटर

  • Technology Khabar | १८ मंसिर २०८०, सोमबार
बजाज चेतक अर्बन इलेक्ट्रिक स्कुटर लन्च, रेञ्ज ११३ किलोमिटर

काठमाडौं ।

बजाज चेतक भारतको लोकप्रिय इलेक्ट्रिक स्कुटरमध्ये एक हो। बजाजले आफ्नो हालको लाइनअपलाई अपडेट गर्दै नयाँ चेतक अर्बन इलेक्ट्रिक स्कुटर लन्च गरेको छ। चेतक अर्बन इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख १५ हजार भारु एक्स शोरुम तोकिएको छ।

अधिकतम फिचर उपलब्ध गराउन यस इलेक्ट्रिक स्कुटरलाई टेकप्याकका साथ अपग्रेड गर्न सम्भवाना रहेको ड्राइभस्पार्कले उल्लेख छ। त्यसपछि यस इलेक्ट्रिक स्कुटर खरिद गर्न ग्राहकले १ लाख २१ हजार भारु एक्स शोरुमसम्म तिर्नुपर्ने हुन्छ।

यस नयाँ ईभीमा हाल उपलब्ध मोडलको २.९ किलोवाट आवर ब्याट्री दिइएको छ। स्कुटरले फुल चार्जमा ११३ किलोमिटरसम्मको आईडीसी सर्टिफाइड रेञ्ज प्रदान गर्छ सक्षम छ। रिपोर्ट अनुसार चेतक अर्बन इलेक्ट्रिक स्कुटरको ब्याट्री साइज सानो हुने विश्वास गरिएको थियो। तर त्यस्तो भएन।

कम्पनीले यसको प्रिमियम भेरियन्टका लागि १०८ किलोमिटरसम्मको एआरएआई सर्टिफाइड रेञ्ज दाबी गरिएको छ।

चेतक प्रिमियम भेरियन्टको रेञ्ज १२६ किलोमिटर छ। तर नयाँ चेतक अर्बन भेरियन्टको रेञ्ज ११३ किलोमिटर छ। रेञ्ज कम भएकाले यसको एक्स शोरुम मूल्य १ लाख १५ हजार भारु तोकिएको छ।

चेतक प्रिमियम भेरियन्ट जस्तै चेतक अर्बन भेरियन्ट पनि कलर एलसीडी डिस्प्लेमा उपलब्ध छ। स्ट्यान्डर्ड चेतक अर्बन ६३ किलोमिटर प्रति घण्टाको टप स्पीडमा गुड्न सक्छ।

यसको टेकपेक भेरियन्टको टप स्पीड ७३ किलोमिटर प्रतिशत घण्टा छ। चेतब अर्बन ईस्कुटरमा स्मार्ट मोड, हिल होल्ड असिस्ट, रिभर्स मोड र फुल एप कनेक्टिभिटी लगायत फिचर्स छ।

चेतक अर्बन ईस्कुटर चार्ज गर्न ४ घण्टा ५० मिनेट लाग्छ। हाल उपलब्ध मोडल फुल चार्ज गर्न ३ घण्टा ५० मिनेट लाग्छ। चेतक अर्बन इलेक्ट्रिक स्कुटर चार कलर अप्सनमा प्रस्तुत गरिएको छ।

प्रकाशित: १८ मंसिर २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार