रोयल्टी रकम र ग्रामिण दूरसञ्चार विकास कोषको रकम नतिर्ने ३० सेवा प्रदायकलाई सात दिने म्याद

  • Technology Khabar | १७ मंसिर २०८०, आईतवार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने रोयल्टी रकम तथा ग्रामिण दूरसञ्चार विकास कोष(आरटीडीएफ) को रकम नबुझाएको भन्दै ३० सेवा प्रदायकहरुलाई ७ दिने म्याद तोकेको छ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विगत केहि वर्ष देखि नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने अडीटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामिण दूरसञ्चार विकास कोषको रकम निर्धारित समय भित्र  बुझाउनु पर्नेमा सो भएको नदेखिएको हुँदा बाँकी बक्यौता जम्मा गर्न भनेको हो।

यसअघि पटक पटक सम्पर्क गर्दा समेत बक्यौता नतिरेको भन्दै ३० सेवा प्रदायकहरुलाई सात दिनभित्र सम्पर्क गर्न भनेको छ।

साथै उक्त अवधि भित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने  प्रक्रिया अगाडी बढाइने चेतावनी समेत दिएको छ।

सूचनामा भनिएको छ, “यस प्राधिकरणबाट दूरसञ्चार सेवा संचालनको लागी अनुमतिपत्र प्राप्त देहायका सेवा प्रदायकहरुले विगत केहि वर्ष देखि  नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने अडीटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामिण दूरसञ्चार विकास कोषको रकम निर्धारित समय भित्र  बुझाउनु पर्नेमा सो भएको  नदेखिएको र बक्यौता जम्मा गर्न  प्राधिकरणबाट पटक पटक सम्पर्क गर्न पत्राचार तथा इमेल  गर्दा समेत सम्पर्क हुन नसकेको हुँदा यो सुचना प्रकाशन भएको मितिले  ७ (सात) दिन भित्र प्राधिकरणमा सम्पर्क गर्नको लागि यसै सूचना मार्फत जानकारी गराइन्छ । साथै उक्त अवधि भित्र  सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने  प्रक्रिया अगाडी बढाइने व्यहोरा समेत सम्बन्धित सबैलाई  जानकारी गराइन्छ ।”

प्रकाशित: १७ मंसिर २०८०, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार