छिमेकी भारतको उत्तर प्रदेश राज्यमा ५० मिटर अग्लो मोबाइल टावर चोरी

  • Technology Khabar | १७ मंसिर २०८०, आईतवार
छिमेकी भारतको उत्तर प्रदेश राज्यमा ५० मिटर अग्लो मोबाइल टावर चोरी
सांकेतिक तस्विर

काठमाडौं ।

भारतको उत्तरी राज्य उत्तर प्रदेशको एउटा गाउँमा ५० मिटर अग्लो सेलुलर टावर चोरी भएको देखिएको छ। मानिसहरूले यस्तो कसरी सम्भव छ भन्ने थाहा पाएपछि प्रहरीमा उजुरी परेको छ। कौशम्बी जिल्लाको उज्जैनी गाउँमा चोरीको घटना भएको हो।

टाइम्सअफ इन्डियाको रिपोर्टअनुसार नोभेम्बरको अन्तिम साता उजुरी दर्ता गराईएको छ, तर मोबाइल टावर मार्च ३१ तारिखमा नै गायब भएको स्थानीयले बताएका छन्। प्रहरीमा उजुरी राजेशकुमार यादव नाम गरेका प्राविधिकले दर्ता गराएको बताइएको छ।

उजुरीमा मोवाइल टावरका साथै विद्युतीय फिटिङ्स, आश्रयस्थल र अन्य उपकरणहरु समेत चोरी भएको उजुरीमा उल्लेख छ। टावरको तौल १० टन थियो र चोरी भएको सामानको मूल्य जम्मा ८.५ लाख भारतीय रुपैयाँ हुन्छ।

द टाइम्स अफ इन्डियाले स्थानीय प्रहरीको टोलीले सेलुलर टावरको स्थलको निरीक्षण गरेको र जग्गाधनी र स्थानीयवासीसँग कुराकानी गरी उनीहरुको बयान रेकर्ड गरेको जनाएको छ।

गत जनवरीमा उबिद उल्लाह नामक स्थानीयबासीको खेतमा टावर जडान गरिएको उजुरीकर्ता राजेशकुमार यादवले प्रहरीलाई बताएका छन्।

भारतमा मोबाइल टावर चोरीको घटना सार्वजनिक भएको यो पहिलो पटक भने होइन। अर्को उत्तर भारतीय राज्य बिहारको राजधानी सहर पटनामा चोरहरूले आफूहरुलाई मोबाइल कम्पनीका अधिकारीहरू भएको देखाउँदै मोबाइल टावर चोरी गरेका थिए। त्यस बेला चोरहरूले दुई दिन लगाएर मोबाइल टावर भत्काए, पार्टपुर्जा ट्रकमा लोड गरेर फरार भएको समाचारमा जनाइएको छ।

प्रकाशित: १७ मंसिर २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार