
काठमाडौं ।
भारतीय रेल्वेले हात्तीलाई रेल्वे ट्याक पार गर्ने समयमा ट्रेनको चपेटमा आउनबाट बचाउनका लागि आर्टिफिसियल इन्टेलिजेन्समा आधारिक सफ्टवेयर ‘गजराज सुरक्षा’ इन्स्टल गर्ने पहल सुरु गरेको छ। रेल्वे भारतको यातायातको प्रमुख साधन हो।
भारतीय रेल हरेक दिन हात्तीको बासोबास भएको क्षेत्र हुँदै गुड्ने गर्छ। जहाँ हात्ती रेल्वे ट्याकको सम्पर्कमा आउने गर्छ।
सरकारी तथ्यांक अनुसार हरेक वर्ष ट्रेनको चपेटामा परेर औसतमा २० हात्तीको मुत्यू हुने गरेको छ। यस्तोमा एआई आधारित सफ्टवेयर गजराज हात्तीको सुरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अपेक्षा गरिएको छ।
ट्रेनसँग ठोकिएर हुने हात्तीको मूत्युलाई कम गर्न गजराज सफ्टवेयर लन्च गरिएको छ। रेल मन्त्रीले गजराज सफ्टवेयर डालको रुपमा काम गदै रेल्वे ट्याकमा हात्तीको गतिविधिको बारेमा ट्रेन ड्राइभरलाई पहिलै जानकारी दिइने बताएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
यसबाट ट्रेनको चपेटमा आउनबाट हात्तीलाई रोक्न सकिन्छ। यस एआई प्रविधिले आफ्नो निर्धारित क्षेत्रमा हात्तीको गतिको कारण हुने कम्पनको महसूस गर्छ, र अलार्मको माध्यमबाट नजिकको स्टेशन मास्टरलाई सचेत गराउँछ।
त्यस पछि स्टेशन मास्टरले सो क्षेत्रमा गइरहेको ट्रेन ड्राइभरलाई अलर्ट गर्नेछन्। भारतीय रेल्वेका अनुसार यस आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले हात्तीसँग सम्बन्धित ९९.५ प्रतिशत दुर्घटना रोक्नेछ।
यस प्राविधि सेटअपमा सिगनललाई तीव्र गतिमा प्राप्त गर्न अप्टिकल फाइबर केबलको उपयोग गरिएको छ। यसले हात्तीको कम्पनबाट प्राप्त हुने सिगनल पत्ता लगाउनेछ र त्यस अनुरुप स्टेशन मास्टरलाई अलर्ट गर्नेछ।
रिपोर्टका अनुसार गजराज सुरक्षा प्रविधि आफ्नो स्थानबाट अधिकतम २०० मिटरको दूरीबाट ट्याक पार गर्ने वा पार गर्ने प्रयास गर्ने हात्तीको पहिचान गर्नेछ।
प्रकाशित: १६ मंसिर २०८०, शनिबार