एप्पलद्वारा २०२३ एप स्टोर अवार्ड बिजेताहरुको घोषणा, यस्तो छ एप्सको सूची

  • Technology Khabar | १५ मंसिर २०८०, शुक्रबार

काठमाडौं ।

एप्पलले आफ्नो २०२३ एप स्टोर अवार्डका विजेताहरू घोषणा गरेको छ। सिर्जनशीलता बढाउने, साहसिक कार्यहरू प्रदान गर्ने र प्रयोगकर्ताहरूलाई मनोरञ्जन प्रदान गर्ने १४ ओटा एप्स र गेम्सलाई एप्पलले सम्मान गरेको हो।

एप स्टोरको सम्पादकीय टोलीले प्राविधिक इनोभेसन, डिजाइन र प्रयोगकर्ता अनुभवमा ध्यान केन्द्रित गर्दै लगभग ४० फाइनलिस्टबाट विजेता छनोट गरेको हो।

एप्पलका सीईओ टिम कुकले भने, ‘यस वर्षका विजेता उल्लेखनीय सरलता, असाधारण गुणस्तर र उद्देश्य–संचालित मिशनहरूका साथ एप्स र गेम्स बनाएर आफ्नो आफ्नो दृष्टिकोणलाई जीवनमा ल्याउनका लागि डेभलपर्सले असीम सम्भावनाको प्रतिनिधित्व गर्छन्।’

एप्स अफ द इयर

आईफोन एप अफ द इयरः अलट्रेल्स,

आईप्याड एप अफ द इयरः प्रेट–ए–मेकअप,

म्याक एप अफ द इयरः फोटोमेटर,

एप्पल टिभी एप अफ द इयरः एमयूबीआई र

एप्पल वाच एप अफ द इयरः स्मार्टजिम रहेको छ।

गेम अफ द इयर

आईफोन गेम अफ द इयरः होनकाई स्टार रेल,

आईप्याड गेम अफ द इयरः लस्ट इन प्ले,

म्याक गेम अफ द इयरः लाइ अफ पी

एप्पल आर्कड गेम अफ द इयरः हेल्लो किट्टी आईल्याण्ड एडभेन्चर रहेको छ।

कल्चर इम्प्याक्ट विजेता

एप्स र गेम्समार्फत उनीहरुको सकारात्मक प्रभावका लागि पाँच कल्चर इम्प्याक्ट विजेता घोषणा गरिएको छ। जसमा पोक पोक, प्रोलोक्वो, गुड टू गो, अनप्याकिङ र फाइन्डिङ हन्ना रहेका छन्।

प्रकाशित: १५ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार