
काठमाडौं ।
चिनियाँ इभी कम्पनी बीवाईडीले हवाईमार्गबाट लिथियम ब्याट्रीहरू निर्यात गर्न थालेको छ।
बीवाईडीको ब्याट्री उत्पादन इकाई, फिनड्रिम्सले नोभेम्बर २४ मा ठूला लिथियम पावर ब्याट्रीहरू हवाइ मार्फत निर्यात पूरा गर्यो, र पहिलो पटक चीनमा निर्मित ठूला लिथियम पावर ब्याट्री प्याकहरू हवाईमार्गबाट निर्यात गरिएको बीवाइडीको सो युनिटले बताएको छ।
रिपोर्टकाअनुसार करिब ३०० किलोग्राम तौल भएका ब्याट्रीहरू नोभेम्बर २३ मा हुबेई प्रान्तको एउटा एयरपोर्टबाट एसएफ एक्सप्रेसको हिस्सा रहेको चिनियाँ कार्गो एयरलाइन्स एसएफ एयरलाइन्सद्वारा सञ्चालित उडानमा उडेको थियो र नोभेम्बर २४ को बिहान सबेरै जर्मनीको फ्रान्कफर्ट एयरपोर्टमा आइपुगेको थियो।
हवाई यातायातद्वारा लिथियम ब्याट्री निर्यात गर्नु धेरै दुर्लभ र निकै गाह्रो हो, किनकी ब्याट्री उत्पादन क्लास ९ स्तरको खतराजन्य सामान हो।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार हवाई यातायातका लागि लिथियम ब्याट्रीको एउटै प्याकेजको तौल ३५ किलोभन्दा बढी भएमा त्यसले आफ्नो देशको नागरिक उड्डयन प्राधिकरणबाट ए ९९ विशेष स्वीकृति पत्र लिई लिथियम ब्याट्री यातायात सुरक्षा परीक्षण, प्याकेजिङ सुरक्षा परीक्षण र आपतकालीन ड्रिललगायतका काम पूरा गर्नुपर्ने हुन्छ।
फिनड्रिम्सको विज्ञप्ति अनुसार फिनड्रिम्सका विज्ञहरूको टोलीले यातायातको समयमा सुरक्षा सुनिश्चित गर्न ब्याट्री प्याकहरूको लागि उड्डयन-विशिष्ट विस्फोट-प्रूफ केसहरू पनि विकसित गरेको छ।
फिनड्रिम्सले जर्मनीमा कति ब्याट्री प्याकहरू पठाइयो, वा ती प्याकहरूका ग्राहकहरू को थिए भनेर उल्लेख गरेको छैन्।
तर मे महिनामा, जर्मन मिडिया आउटलेट टेस्लामगले एक रिपोर्टमा बीवाइडीका ब्याट्रीहरू सहितको मोडेल वाई जर्मनीको ग्रुनहाइडमा रहेको टेस्लाको गिगाफ्याक्ट्रीमा उत्पादन गरिएको जनाएको थियो।
प्रकाशित: १३ मंसिर २०८०, बुधबार