Technology Khabar ११ मंसिर २०८०, सोमबार
काठमाडौं ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० आज (सोमबार)देखि कार्यान्वयनमा आएको छ। सरकारले आज मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० राजपत्रमा प्रकाशित गरेसँगै कार्यान्वयनमा आएको हो।
निर्देशिका अनुसार नेपालमा सञ्चालन भइरहेका वा हुने सामाजिक सञ्जाल सूचीकृत हुन पर्ने भएको छ।
नेपालमा मुख्य कार्यालय भएका र अन्य देशमा मुख्य कार्यालय भएका कम्पनीका हकमा सूचीकरण गर्नका लागि फरक मापदण्ड र कागजपत्रहरु उपलब्ध गराउनु पर्ने निर्देशिकामा उल्लेख छ।
सामाजिक सञ्जाल नेपालमा सूचीकृत हुनका लागि कम्पनी/संस्थाको नाम, सामाजिक प्लेटफर्मको नाम, प्रमुख कार्यकारी अधिकृतको नाम, सम्पर्क नम्बर, कम्पनी/संस्थाको सञ्चालक समितिको विवरण लगायत उपलब्ध गराउनु पर्नेछ।
कागजातमा कम्पनी/संस्थाको प्रबन्धपत्र र नियमावली, कम्पनी/संस्थाको दर्ता प्रमाणपत्र, सामाजिक सञ्जालमा गुनासो सुनुवाइ प्रक्रिया लगायत बुझाउनु पर्नेछ।
यस्तो छ निर्देशिकाको पूर्ण पाठ
सामाजिक सञ्_जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० (संख्या ३९, २०८०-०८-११)
प्रकाशित: ११ मंसिर २०८०, सोमबार