डिशहोम फाइबरनेटको शान्दार १२ महिने योजना अफर सार्वजनिक

Technology Khabar ११ मंसिर २०८०, सोमबार

काठमाडौं ।

डिशहोम फाइबरनेट कम्पनीले हालसालै सार्वजनिक गरेको इन्टरनेटका विभिन्न वार्षिक योजनाहरुमा भारी छुट रहेको छ।

यस अफरअन्तर्गत अब नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज मात्र रु.६,६८५-/ (भ्याट बाहेक) मा जडान गर्न सक्नेछन्।

साथै ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाईभजी (डुअल ब्यान्ड) राउटर पनि सित्तैमा पाउने कम्पनीले जनाएको छ। यसअघि यही ५० एमबीपीएसको वार्षिक प्याकेजको मुल्य रु.७,७९९/- पर्ने गर्दथ्यो।

यो शान्दार १२ महिने योजना अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएस सम्मका प्याकेजहरु जडान गर्न सक्नेछन्। जसमा ग्राहकहरुले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएस सम्मको वार्षिक प्याकेज जडान गर्दा फाईभजी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने बताईएको छ।

यसअघि कम्पनीले जारी गरेको फेस्टिभ २४ महिने अफरलाई भने निरन्तरता दिने जनाएको छ। ५० एमबीपीएसको २४ महिने अफरको मुल्य रु. १०,४९९/- (भ्याट बाहेक) पर्ने रहेको छ।

प्रकाशित: ११ मंसिर २०८०, सोमबार

तपाइको प्रतिक्रिया